site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार (असार १२) काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी रहेको उनले उल्लेख गरे । त्यसलाई मध्यनजर गरी प्रहरीले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ,” उनले भने ।

लागुऔषधको ‘डिमान्ड’ र ‘सप्लाई’लाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाई अघि बढ्न जरुरी रहेको उनले औँल्याए । “नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हेरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ,” उनले भने ।

उनले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्