site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– नेतन्याहू राष्ट्रनायक हुन्, उनीविरुद्धको भ्रष्टाचार मुद्दा खारेज गर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि इजरायलमा चलिरहेको भ्रष्टाचार मुद्दालाई ‘राजनीतिक प्रतिशोधका लागि गरिएको षड्यन्त्र’ भन्दै कडा आपत्ति जनाएका छन् । ट्रम्पले यसबाट अमेरिकाले उनलाई बचाउने बताएको सीएनएनले जनाएको छ ।

ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा एक पोष्ट गर्दै भने “अमेरिकालाई समस्या पर्दा इजरायलले सहयोग गरेको थियो ।  अब  नेतन्याहूलाई समस्या पर्दा अमेरिकाले बाचउनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेतन्याहूविरुद्धको मुद्दा तत्काल खारेज गर्नुपर्ने ट्रम्पको धारणा छ । “यो न्याय होइन, यो त राजनीतिक सिकार हो । नेतन्याहूजस्तो महान नायक, जसले देशको लागि ज्यान जोखिममा राखे, आज अदालतको कठघरामा छन्,” ट्रम्पले भने, “यो मुद्दा तुरुन्त खारेज गरिनुपर्छ वा राष्ट्रपतिले क्षमादान दिनुपर्छ ।”

ट्रम्पको यो भनाइ उनले इजरायलप्रति कठोर शब्दहरू प्रयोग गरेको एक दिनपछि आएको हो । इजरायल र इरानबीचको युद्धविराम नाजुक अवस्थामा हुँदा उनले इजरायललाई त्यसको उल्लघन नगर्न चेतावनी दिएका थिए ।

ट्रम्पले भने, “इजरायलको अस्तित्वका लागि इरानजस्तो खतरनाक शत्रुलाई सामना गर्दै हामीले सँगै नर्कजस्तो युद्ध लड्यौँ । त्यो बेला नेतन्याहूजस्तो बलियो, तेज र समर्पित नेता नभएको भए इजरायलले ठूलो क्षति व्यहोर्नुपर्ने थियो ।”

ट्रम्पले नेतन्याहूको बलियो नेतृत्वका कारण सम्भावित ठूलो आणविक खतरा समयमै समाप्त भएको दाबी गरे । उनले नेतन्याहूलाई इतिहासकै महान लडाकु प्रधानमन्त्री भन्दै समर्थन प्रशंसा गरेका छन् ।

ट्रम्पले नेतन्याहूलाई “अमेरिकासँग सबभन्दा राम्रो तालमेल मिलाउने इजरायली नेता,” भनेका छन् । सीएनएन

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्