site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोहलपुर–सुर्खेत प्रसारणलाइनको अवरोध तत्काल हटाउन निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधीन १३२ केभी प्रसारणलाइनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । ठाउँठाउँको अवरोध हटाएर काम चाँडो सकाउन उनले निर्देशन दिएका हुन् ।

सम्पूर्ण कर्णालीमा देखिएको विद्युत्को समस्या उक्त लाइनबाट समाधान हुने अपेक्षा छ । अरू साना जलविद्युत् आयोजना निर्माणको बाटो पनि खुला हुनेछ ।

लाइन निर्माणका क्रममा बाँकेको बानीयाभार क्षेत्रमा तीन पोल निर्माण र कन्डक्टर तान्न स्थानीयबाट अवरोध छ । उक्त स्थानमा के कसरी कार्य गर्ने भन्ने बारेमा बाँकेका प्रमुख जिल्ला अधिकरीसहित छलफल गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्