देश

काठमाडौं । अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शितगंगा नगरपालिका–६ पाखापानीका टेकबहादुर बादी छन् ।
उनीमाथि सहोदर भाइ बोमबहादुर बादीको हत्या गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार, बिहीबार साँझ दाइ टेकबहादुरले बन्चरो प्रहार गरेर भाइ बोमबहादुरको हत्या गरेका हुन् ।
घरायसी विवादका कारण घटना घटेको डीएसपी मल्लले बताए ।
बन्चरो प्रहार गरेका टेकबहादुरलाई जंगलतर्फ भाग्दै गर्दा प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्