site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको पूरक परीक्षा साउन २९ देखि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गर्दै पूरक परीक्षा साउन २९ गते  बिहीबारदेखि हुने जनाएको छ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । 

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्