site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई नतिजा : एक लाख ६७ हजार विद्यार्थी 'नन्‌ ग्रेडेड'

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना नन ग्रेडेड छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् । 

शुक्रबार सार्वजनिक नतिजाअनुसार २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्