site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुमिरेले भिजिट भिसाका नाममा अर्बौं असुल गरिरहेको छ, छानबिन होस् : सांसद खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्‌मा प्रतिनिधित्व र बदमासी गर्ने कार्य भएको जिकिर गरे । “सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?,” उनले भने, “विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्‌मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही मानिस यदाकदा संसद्‌मा आएर उफ्रने कार्य भएको उनले टिप्पणी गरे । यसमा निष्पक्ष छानबिन गरी कारबाही अघि बढाउन उनले माग गरे । “तिनै मान्छेहरू यदाकदा संसद्‌मा आएर उफ्रिने काम भएको छ,” उनले भने, “यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस् ।”

सांसद खतिवडाले आफ्ना भनाइ राख्ने र अरूले बोल्दा नारा लगाउने प्रक्रिया संसद्‌मा जारी रहेको भन्दै यो अन्त्य गर्न आग्रह गरे । “आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्‌मा जारी छ,” उनले भने, “यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्