site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७, वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

धुर्कोट गाउँपालिका–७, द्वानेटास्थित राष्ट्रिय प्रसारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई शनिबार (असार १४) बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमा मृत्यु भएको डीएसपी सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन । उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उनले भने । रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्