site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा युद्ध अन्त्यको माग गर्दै इजरायलमा ठूलो प्रदर्शन, हस्तक्षेप गर्न ट्रम्पलाई आग्रह

काठमाडौं । दशौं हजार इजरायली प्रदर्शनकारीले तेल अभिभस्थित होस्टेज स्क्वायरमा भेला भई गाजा युद्धको अन्त्य र हमासको कब्जामा रहेका बन्धक फिर्तीको मागसहित विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनमा ३० हजारभन्दा बढी संख्यामा मानिस सहभागी भएका जनाइएको छ ।

प्रदर्शनमा सहभागी धेरैले बन्धकको तस्बिर भएको प्लेकार्ड बोकेका थिए । त्यसमा ‘उनीहरूलाई अहिले घर ल्याऊ’ लेखिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गरी युद्ध अन्त्य गर्न आग्रहसहितको प्लेकार्ड बोकेका थिए । एउटा प्लेकार्डमा लेखिएको थियो, “राष्ट्रपति ट्रम्प, गाजाको संकट अन्त्य गर्नुहोस्, नोबेल पर्खिरहेको छ !”

ठूलो संख्यामा रहेका प्रदर्शनकारीले इजरायलभरि दिनभरका सानाठूला विरोध कार्यक्रमको शृंखलालाई एकजुट बनाएर राष्ट्रिय सन्देश दिएका सीएनएनले जनाएको छ ।

ट्रम्पले हालै इजरायल र इरानबीचको १२ दिने तनाव अन्त्य गर्दै युद्धविराम गराएका थिए । सुरुमा इजरायलले आक्रमण गरेको थियो । अनि, इरानले उत्तरी इजरायलतर्फ प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) प्रहार गरेको थियो । त्यसपछि इजरायलले प्रतिक्रियास्वरूप तेहराननजिकैको रडार प्रणालीलाई लक्ष्य बनायो । यही कारण धेरै इजरायली ट्रम्पले गाजामा पनि यस्तै प्रभाव पार्न सक्ने विश्वासमा छन् ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्