site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । विधेयक आइतबार बहुमतले पारित भएको हो ।

विधेयक ०८० फागुन २१ गते सदनमा पेस भएको थियो । सैद्धान्तिक छलफलपछि राज्यव्यवस्था तथा सुुशासन समितिमा पठाइएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको असार १ गते समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । उक्त प्रतिवेदनमा छलफलपछि आइतबार विधेयक पारित भएको हो ।

सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा आफूले लिएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्