site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । 

गत जेठ १९ गते प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रदेश प्रमुख मियाँले आइतबार प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए । उनका अनुसार, गत असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो । तीन दिनसम्मको अध्ययनपछि प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ । संघीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापनसम्बन्धी कानुन खाँचो रहेको भन्दै स्थानीय सेवा गठनसम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो । रासस

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्