site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए अस्ट्रेलिया : न्यू साउथवेल्सको संयोजकमा राज गुरुङको उमेदवारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स राज्यको संयोजक पदमा राज गुरुङले उमेदवारी घोषणा गरेका छन् । आगामी जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै गुरुङले ‘डेमोक्रेट टिम’ बनाएर मैदानमा उत्रिएको घोषणा गरेका हुन् ।

गुरुङ हाल एनआरएनए अस्ट्रेलिया, एनएसडब्लू राज्य परिषद्‌मा सहसचिवका रूपमा कार्यरत छन् । सन् २०१६ मा अस्ट्रेलिया आएका उनी सामाजिक र संस्थागत क्षेत्रमा सक्रिय छन् । उनको नेपाल ठेगाना चितवनको माडी नगरपालिका हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उमेदवारी घोषणापछि गुरुङले निर्वाचनलाई व्यक्तिगत आकांक्षा नभएर समुदायप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए । उनले सबैलाई समेट्ने समावेशी नेतृत्वमार्फत अगाडि बढेको टिमलाई सबैले विश्वास गर्ने बताए ।

जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीले अस्ट्रेलियामा रहेका डेमोक्रेट अहिले एकताबद्ध भएर अगाडि बढेको बताए ।

डेमोक्र्याट समूहबाट वर्तमान महासचिव सन्तोष कुवँर एनआरएन अस्ट्रेलियाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्