site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिशहोमको रमाइलो टीभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । नेपालको मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टीभीले टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने कम्पनीले बताएको छ ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलोपटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृंखलाको संगीत रवीन्द्र जैनले संयोजन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘रामायण’ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रृंखलाको पुनः प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकैदिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।

डिशहोमले ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गर्ने गरेको छ ।

हाल रमाइलो टीभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्