site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कुलिङ पिरियड’ नराखी निजामती विधेयक अघि बढ्दैन, कारबाही गरौँ : शेखर कोइराला
शेखर कोइराला । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘कुलिङ पिरियड’ नराखी निजामती सेवा विधेयक अघि नबढाइने बताएका छन् । सर्वसम्मतिबाट संसद्‌मा पेस गरिएको विधेयकमा ‘अनधिकृत’ रूपमा तोडमोड गर्न नहुनेमा उनले जोड दिएका छन् ।

मंगलबार (असार १७) बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, “कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम–कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको उनले टिप्पणी गरेका छन् । “सर्वसम्मतिबाट संसद्‌मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान हो,” उनले भनेका छन् ।

कुलिङ पिरियडसम्बन्धी प्रकरणमा जोडिएकालाई कारबाही गर्न उनले जोड दिएका छन् । उनले लेखेका छन्, “यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ ।”

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्