site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कुलिङ पिरियड’मा षड्यन्त्र गर्नेले पद छोड्नुपर्छ : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा षड्यन्त्र गर्नेले कारबाही भोग्नुपर्ने बताएका छन् । मंगलबार (असार १७) सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यको छलफलपछि उनले षड्यन्त्र गर्नेले राजीनामा दिनुपर्ने बताएका हुन् ।

“महिनौँसँग लगाएर छलफल भएको हो । दुई वर्षसम्म कुलिङ पिरियड हुनुपर्छ भनी निर्णय भएको हो । तर, अचम्म ! कुलिङ पिरियड नै मुख्यसचिव, सचिव, सहसचिवको हकमा लागु नहुने प्रकारले प्रतिवेदन बन्यो, सदनबाट परित भयो,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले त्यसले संसद्को गरिमाको धूलिसात् भएको आरोप लगाए । षड्यन्त्रको छानबिन गर्ने विषयमा सभामुखसँग छलफल गरिएको उनले जानकारी दिए ।

“यसको टुंगो नलागेसम्म राज्यव्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न सक्दैन । यसमा जिम्मेवार जोजो जिम्मेवार हुनुहुन्छ, नैतिकताको आधारमा कारबाही भोग्नुपर्छ, ठाउँ छोड्नुपर्छ,” उनले भने ।

जिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्