site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : कांग्रेस नेता आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको टिप्पणी गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेन्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरू चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए । 

उनले भने,  "अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ । आर्थिक एजेन्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । नेपालमा अब लोकतन्त्रको लडाइँको मुद्दा छैन । अब एउटै मुद्दा छ– यो देशलाई तीव्र गतिले विकासमा लैजाने ।" 

आर्थिक सुधार र रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्