site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा लगानी बढाउन स्पेनी व्यवसायीसँग ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनका व्यवसायीहरूलाई आग्रह गरेका छन् । 

बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको बताए । 

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको भन्दे अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । 

गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्नसके नेपालले विश्वभरका पर्यटकलाई थप आकर्षित गर्नसक्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्