site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकको सेयर ४० रुपैयाँमै बेच्न तयार छन् लगानीकर्ता : विनोद चौधरी
विनोद चौधरी । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) उनले बैंकर र व्यवसायी छुट्टिनुपर्ने भए पनि हाल त्यो स्थिति नरहेको उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बैंकमा लगानी गर्नेहरू अहिले निरुत्साहित छन् । १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन् । मलाई एउटा साथीले लगानीकर्ता खोज्न लगाउँदै थिए,” उनले भने ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्