site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर ३७३ जनासँग मात्र छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ३७३ जनासँग बैक तथा वित्तीय संस्थाको प्रमोटर सेयर रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) आमन्त्रित उनले यस्तो बताएका हुन् ।

वाणिज्य बैंकमा ७२ जनाको एक प्रतिशतभन्दा बढी प्रमेटर सेयर रहेको उनले उल्लेख गरे । विकास बैंकमा १३० र फाइनान्समा १७१ जनाको प्रमोटर सेयर रहेको उनले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्थापक सेयरको दुई प्रतिशतभन्दा बढी स्वामित्व हस्तान्तरणमा राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्था ऐनमै किटान गर्ने वा नगर्ने भन्ने विषयमा लचिलो हुन सकिने उनले बताए । “अर्थतन्त्र गतिशील भइरहेको बेला कति प्रतिशत भन्ने कुरा ऐनमै बाँध्नुभन्दा राष्ट्र बैंकलाई नै छाडिदिनु ठिक हुन्छ कि भन्नेमा छलफल हुनसक्छ,” उनले भने ।

वित्तीय स्वार्थ र सम्बन्धित व्यक्ति वा संस्थासँगको कारोबारलाई थप पारदर्शी र अनुशासित बनाउन खोजिएको उनले स्पष्ट पारे ।

उनले बैंकमा रहेको ७० खर्ब रुपैयाँलाई कसैको निजी सम्पत्ति मात्र नभई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्नेमा जोड दिए । राम्रो व्यावसायिक सोच र उद्यमशीलता भएका जोकोहीले यो स्रोतमाथि दाबी गर्न पाउनुपर्ने उनको तर्क छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्