site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिणी जापानको टापुमा दुई हप्तामा ९०० भन्दा बढी भूकम्पका धक्का

काठमाडौं । दक्षिणी जापानको दुर्गम र कम जनसंख्या भएको टोकारा टापु समूहमा पछिल्लो दुई सातामा ९०० भन्दा बढी भूकम्पका धक्का महसुस गरिएको छ । यसबाट स्थानीय बासिन्दा चिन्तित र रातभर जाग्राम बस्ने गरेका बीबीसी हिन्दीले जनाएको छ ।

त्यहाँ बुधबार ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । अधिकारीहरूले गएको जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पसँग सम्बन्धित गतिविधि अत्यधिक सक्रिय भएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अधिकारीहरूले हालसम्म कुनै क्षतिको सूचना नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताएका छन् । तर, चेतावनी आवश्यक पर्न सक्ने भन्दै तयार रहन स्थानीयलाई आग्रह गरिएको छ ।

एक स्थानीय बासिन्दाले एमबीसीसित भने, “यहाँ रातमा सुत्न पनि डरलाग्दो भएको छ । घर सधैँ हल्लिरहेको जस्तो लाग्छ ।”

जापान विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो । यहाँ हरेक वर्ष करिब एक हजार ५०० भूकम्प जाने गर्छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्