site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकका सीईओलाई दुई कार्यकालभन्दा बढी सीईओ हुन नदिउँ : अमरेशकुमार सिंह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दुई कार्यकालभन्दा बढी बैंकमा काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सिंहले यस्तो धारणा राखेका हुन् । 

“दुई कार्यकालभन्दा बढी सीईओ हुन दिनु हुँदैन, एउटै व्यक्तिले कार्टेलिङ गर्ने काम भएको छ,” उनले भने । ६ महिनाको कुलिङ पिरियड राखेर पटकपटक सीईओ हुने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ । बैंकहरूले उत्पादनशील क्षेत्रमा ऋण पठाउनु पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्