
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले चेन स्टोर बिगमार्टमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताका लागि छुट योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइसले स्मार्ट जुलाई योजना ल्याएको हो ।
योजना जुलाई १ देखि सुरु भइसकेको छ । योजनाअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम एकसय हुने गरी छुट प्राप्त गर्नेछन् ।
यो छुट एससीटी–यूपीआई कार्ड प्रयोग गरी पोस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्नेछ । यो अफर जुलाई ३१ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुने कम्पनीले जनाएको छ । एससीटीसले यस अघि बिगमार्टमै एससीटी ‘स्मार्ट वेइनसडे’ अफर दिँदै आएको थियो । जसमा कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार १० छुट पाउँथ्ये । सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुने कम्पनीले जनाएको छ ।