
काठमाडौं । एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारीसाधनमा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ । यी सर्भिस सेन्टरले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन् । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिसहरू रहनेछन् । यसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन् ।
एक्सपर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कसप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ ।
नयाँ सर्भिस सेन्टर आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेअपेक्षा गरिएको छ जसले नेपालको ईभी सेवा क्षेत्रमानयाँ बेन्चमार्क स्थापित गर्नेछ ।