
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बैठक आइतबार बस्ने भएको छ । समितिका सभापति अम्मरबहादुर थापाले आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
“समितिको बैठक पर्सि बोलाइएको छ । विवादित दफामा सहमति जुटाएर समितिबाट पारित हुन्छ । असार २३ गतेको प्रतिनिधिसभामा पेस गर्न सकिन्छ कि सकिँदैन । २३ गते नभ्याए २४ वा २५ गते प्रतिनिधिसभामा पेस हुन्छ,” उनले भने ।
गत असार १६ गते सोमबार अन्तिम सहमति जुटाउनको लागि समितिको बैठक बसेको थियो ।
गत असार १६ गते सोमबार अन्तिम सहमति जुटाउन समितिको बैठक बसेको थियो । तर, शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता नमिलेको बताएपछि विधेयक रोकिएको थियो ।
विशेषगरी, पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । संसदीय समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति गरे पनि शिक्षकहरूले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राखेका छन् ।