site stats
बाह्रखरी :: Baahrakhari
देश
जसपा मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एसपी खड्का र यादवबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई ‘लुटेरा’ भनेका छन् ।

एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको अडियोमा सुनिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्