site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इनफिनिक्सले नेपालमा सार्वजनिक गर्‍यो स्मार्ट १० र १० प्लस

काठमाडौं । इनफिनिक्स नेपालले नयाँ स्मार्टफोन सिरिज स्मार्ट १० र स्मार्ट १० प्लस सार्वजनिक गरेको छ । बजेट मूल्यमा उपलब्ध यी मोडेलहरू क्रमशः ११ हजार ४९९ र १२ हजार ९९९ मा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । सस्तो मूल्यमा उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो ब्याट्री क्षमतासहित यी फोनहरू दैनिक प्रयोगका लागि उपयुक्त हुने दाबी गरिएको छ ।

स्मार्ट १० सिरिजमा ६.६७ इञ्चको ठूलो एचडी प्लस डिस्प्ले र १२० हर्जको अल्ट्रा स्मूथ रिफ्रेश रेट रहेको छ । यो मूल्यमा यति ठूलो र स्मूथ स्क्रिनको सुविधा पहिलोपटक इनफिनिक्सले उपलब्ध गराएको हो । फोनको स्क्रोल, स्वाइप र गेम खेल्दा प्रयोगकर्ताले सहज र रमाइलो अनुभव प्राप्त गर्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्मार्ट १० श्रृंखला त्यस्ता प्रयोगकर्ताहरूका लागि हो, जसले प्रिमियम गुणस्तरको अनुभव कम मूल्यमा खोजिरहेका छन् । स्मुथ डिस्प्ले, लामो ब्याट्री र उत्कृष्ट प्रदर्शन प्रदान गर्ने उद्देश्यले यो फोन ल्याइएको हो,” इनफिनिक्स नेपालको बिक्री प्रमुख पीयुष गिरीले भने ।

स्मार्ट १० मा पाँच हजार एमएएच क्षमताको ब्याट्री र १५ वाटको फास्ट चार्जिङ सुविधा छ । स्मार्ट १० प्लसमा ६ हजार एमएएच ब्याट्री र १८ वाटको छिटो चार्ज सुविधा उपलब्ध छ । दुवै मोडेलमा चार जीबी र्‍याम (आठ जीबीसम्म विस्तार गर्न मिल्ने) र क्रमशः ६४ जीबी तथा १२८ जीबी स्टोरेज रहेको छ ।

फोनको क्यामेरातर्फ हेर्दा अगाडि र पछाडि दुवैमा आठ मेगापिक्सेलको कृत्रिम बुद्धिमत्ता (एआई) आधारित क्यामेरा दिइएको छ । जसमा एफ २.० एपर्चर प्रयोग गरिएको छ । यसले सजिलो, छरितो र प्रभावकारी फोटो खिच्ने अनुभव दिनेछ ।

स्मार्ट १० सिरिजमा ३०० प्रतिशत अल्ट्रा भोल्युम डुअल स्पिकर राखिएको छ । जसले अझ प्रस्ट, ठूलो र मनोरञ्जनात्मक ध्वनि प्रदान गर्दछ । यो विशेष गरी युवापुस्ताका लागि लक्षित गरिएको सुविधा रहेको कम्पनीले जनाएको छ ।

फोनलाई धुलो र पानीबाट सुरक्षित राख्नका लागि आइपी ६४ स्तरको सुरक्षा प्रविधि पनि समावेश गरिएको छ । साथै, यसमा एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५.१ अपरेटिङ सिस्टम रहेको छ । जसमा वन ट्याप इनफिनिक्स एआई सुविधा पनि उपलब्ध छ ।

इनफिनिक्सका अनुसार यी फोनहरू ४८ महिनासम्म स्मूथ रूपमा चल्ने सुनिश्चितता दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्