
काठमाडौं । विश्वप्रसिद्ध घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो नयाँ ‘ब्लू स्माइल सिरिज’ माइक्रोवेभ ओभन सार्वजनिक गरेको छ । यो सिरिजमा प्रयोग गरिएको इनभर्टर क्वात्रो टेक्नोलोजीले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो पकाउने अनुभव दिने कम्पनीको दाबी छ । साथै, यसमा दिइएको १० वर्षको म्याग्नेट्रोन वारेन्टीले यसको दीर्घकालीन भरपर्दोपनको ग्यारेन्टी दिन्छ ।
ब्लू स्माइल सिरिज दुईवटा फरक मोडेलमा उपलब्ध छ । जसले उपभोक्तालाई आफ्ना आवश्यकताअनुसार रोज्न सहज बनाएको छ । यसको डिजाइन स्मार्ट र आधुनिक रहेको छ, जुन नेपाली भान्सासँग सजिलै घुलमिल हुन्छ ।
‘एभ्री किचन डिजभ्र्स अ ब्लू स्माइल’ भन्ने नारासहित सार्वजनिक गरिएको हो । यो सिरिजले हरेक नेपाली भान्सामा खुसी, सहजता र स्मार्ट प्रविधि पुर्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
माइडिया विश्वव्यापी रूपमा अग्रणी घरेलु उपकरण निर्माता हो । जसका उत्पादन दुई सय बढी देशमा उपलब्ध छन् । कम्पनीले नवीनतम प्रविधिमार्फत उपभोक्ताको जीवनलाई अझ सहज र समृद्ध बनाउन लक्ष्य राखेको छ ।
नेपालमा माइडियाका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध हुँदै आएका छन् । सीजी इलेक्ट्रोनिक्सले विश्वस्तरीय सेवा र गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ ।