site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गजल लेख्न सजिलो छ (भिडियोवार्ता)

नेपाली गीत तथा गजलसाहित्यमा चिरपरिचित नाम हो, प्रा. डा. कृष्णहरि बराल । उनले सयौँ गीत र गजल लेखेका छन् । उनका थुप्रै गीत र गजल रेकर्ड पनि भइसकेका छन् ।

फिल्मी र गैरफिल्मी गीतगजलले स्रोताको मनलाई मोहित बनाउँदै आएका डा. बरालका विभिन्न विधाका गरेर ५० भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘गजल सिद्धान्त र परम्परा’ एवम् ‘मोतिराम भट्टको गजलकारिता’जस्ता पुस्तकका सर्जक डा. बरालका गीति एल्बम नै १८ वटा बजारमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीत लेखनबाट सिर्जनशील जीवनको थालनी गरेका डा. बरालले जब क्याम्पसमा पढाउन सुरु गरे, उनलाई कवि मोतिराम भट्टबारे पढाउने जिम्मेवारी दिइयो । त्यसले उनलाई नेपाली गजल परम्परा पछ्याउने आधार मिल्यो । र, पछि गएर मोतिरामको गजलकारिता विषयमा नै विद्यावारिधि गरे ।

प्रा. डा. बराल भन्छन्, “मोतिरामले गजल परम्परा नेपालमा भित्र्याएकै हुन् । त्यस बेला पनि मोतिमण्डलीमा रहेका गजलकारहरूमा बहरप्रतिको सचेतना देखिन्छ ।”

गजल लेख्न सजिलो हुने उनी बताउँछन् । डा. बराल भन्छन्, “संस्कृतको छन्दमा भन्दा गजल लेख्न सजिलो छ ।”

उनै साहित्यकार तथा समालोचक प्रा. डा. बरालसँग बाह्रखरीको यसपटकको गजल गंगामा गरिएको कुराकानी–

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्