site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से झिनो अंकले बढ्यो, साढे ९ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २.४० अंकले बढेर २,७०६.३६ विन्दुमा बन्द भएको हो ।  

यसदिन नौ अर्ब ५० करोड रुपयाँको सेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नौ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज ८७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १६२ कम्पनीको सेयरमूल्य घटेको छ ।

नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, गार्डियन माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ७.३६ प्रतिशतले वृद्धि भएको छ ।

गत बिहीबार खानिखोला हाइड्रोपावरको सेयरमूल्य ७.१७ प्रतिशतले बढे थियो । तर, आज यस कम्पनीको सेयरमूल्य ५.४३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । ‘अन्य’ समूह परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्