site stats
बाह्रखरी :: Baahrakhari
खेल
रसुवा सोतोकान अध्यक्षमा गोविन्द मगर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल सोतोकान कराते डो संघ (एसकेडीयुएन)ले आफ्नो खेललाई विकास तथा विस्तार गर्ने उद्धेश्यले जिल्ला संघ गठन गर्ने क्रममा गोविन्दबहादुर मगरको अध्यक्षतामा १५ सदस्यिय रसुवा जिल्ला सोतोकान कराते डो संघ सोमबार गठन गरेको छ । 
संघका केन्द्रिय कोषाध्यक्ष एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा भएको जिल्ला सभाले बरिष्ठ उपाध्यक्षमा तेन्जिङ्ग लामा, प्रथम उपाध्यक्षमा गेलु शेर्पा, द्वितीय उपाध्यक्षमा रोजिता गुरुङ्ग र तृतीय उपाध्यक्षमा रमेश अधिकारीलाई चयन गरेको छ । त्यस्तै सभाले संघको सचिवमा भुवनबहादुर मगर, सह–सचिवमा पवन वोगटी, कोषाध्यक्षमा सुमित्रा खड्का र सह–कोषाध्यक्षमा वुनिमा तामाङ्गलाई जिम्मेवारी प्रदान गरेको छ । यस्तै जिल्ला संघको सदस्यहरुमा सागर खड्का, रञ्जित तामाङ्ग, रोक्शन तामाङ्ग, प्रतिमा खड्का मगर, विष्णु लामा र युवराज थापा मगर छन् । 
गठित जिल्ला संघको प्रथम बैठकले संघको बरिष्ठ सल्लाहकारमा नुर्पू ग्याम्जो तामाङ्ग तथा सल्लाहकारहरुमा रामेश्वर खड्का र गोपालबहादुर मगरलाई चयन गरेको छ ।
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १८:०५
प्रतिक्रिया दिनुहोस्