site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भद्रपुर । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा नेपाल सहित ११  राजनीतिक दलले झापा जिल्लामा १५ स्थानीय तह हुनुपर्ने मागसहित शुक्रबार स्थानीय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय तह पुनःसंरचना आयोगले देशभरिमा ५६५ बाट ७४४ स्थानीय तह हुने पछिल्लो निर्णयअनुसार झापामा १६ वटा स्थानीय तह माग भइरहेका अवस्थामा ती राजनीतिक दलको सहमति एवम् प्रयासमा १५ वटा स्थानीय तह कायम हुँदा झापाको भूगोल सुहाउँदो, विपन्न, पिछडावर्ग, लोपोन्मुख जाति, जनसङ्ख्या, जातिक, भाषिक, सांस्कृतिक र ऐतिहासिक दुष्टिकोणले पनि राम्रो हुने ज्ञापनपत्रमा उल्लेख छ ।

दमक नगरपालिकालाई उपमहानगरपालिकामा परिणत गर्नुपर्ने माग ती दलको छ ।  राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी एवम् स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिबीच सहमति गर्नुपर्ने भएकाले छलफलमा आउन समितिका संयोजक खेमराज ओझाले आग्रह गरे । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०७:४६
प्रतिक्रिया दिनुहोस्