site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
रुपन्देही । वित्तीय जागरण राष्ट्रिय अभियान रुपन्देहीको रुद्रपुर गाउँबाट सुरु भएको छ । मिडिया इन्टरनेसनलको आयोजनामा सुरु गरिएको अभियान नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले शुक्रबार उद्घाटन गर्दै वित्तीय जागरण राष्ट्रिय अभियानले सर्वसाधारण मानिसको बैंक तथा वित्तीय संस्थामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।  
बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्न आह्वान गर्दै उनले अब स्वदेशमै सम्पत्तिको मालिक बन्न सकिने बताए । 
बैंकर्स सङ्घका उपाध्यक्ष समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंक तथा वित्तीय संस्था अर्थतन्त्रको मुटु भएकाले गाउँदेखि सहरसम्मका सबै मानिस बैंक तथा वित्तीय संस्थामा जोडिएर कारोबार गरे मात्र देशले समृद्धि हासिल गर्ने सक्ने बताए ।  
विकास बैंकर्स सङ्घका उपाध्यक्ष समेत रहेका साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले गाउँ गाउँमा बैकं तथा वित्तीय संस्थाको माध्यमबाट जनतामा आर्थिक परिवर्तन ल्याउन आफूहरुले दुर्गम गाउँ बस्तीमा पनि बैंकको शाखा सञ्जाल विस्तार गरेको जानकारी दिए । 
नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवतीप्रसाद नेपालले बचत पैसा बैंकमा राख्न र बैंकबाट ऋण लिई उद्यम गर्न सुझाव दिए ।  
अस्ट्रिच नेपालका अध्यक्ष सिपी शर्माले आफ्नो अस्ट्रिच व्यवसाय सफल हुनाको पछाडि बैंक र वित्तीय संस्थाको ठूलो सहयोग रहे पनि कुल गार्हस्थ उत्पादनमा एक तिहाइ ओगटेको कृषि क्षेत्रमा अझै पर्याप्त लगानी नभएको एवम् कृषकले सहज र सरल तौरतरिकाले कर्जा नपाएकाले त्यतातिर ध्यान दिन वित्तीय संस्थाहरुलाई सुझाव दिए ।  
नेपाल ग्रामीण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कार्कीले सोे अभियानले ग्रामीण जनता र बैंकबीच सम्बन्ध गाँस्न सहयोग गर्ने विश्वास व्यक्त गरे । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०८:५४
प्रतिक्रिया दिनुहोस्