site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
लहान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले मङ्सिरभित्रमा राप्रपा नेपालसँग एकता हुन सक्ने बताएका छन् ।  
अगुवा कार्यकर्ता भेटघाटको क्रममा यहाँ आइपुगेका अध्यक्ष राणाले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा र राप्रपा नेपालबीच एकताको तयारी अन्तिम चरणमा पुगेको र अगामी मङ्सिरभित्रमा नै एकता प्रक्रिया टुङ्गिने बताए ।  
स्थानीय निकायको निर्वाचन अहिले भएकै संरचना अनुसार गर्नुपर्ने बताउँदै उनले भने, “नयाँ संरचनामा थुप्रै विवाद रहेकाले अहिलेकै संरचनाका आधारमा चुनाव गर्दा उपयुक्त हुन्छ ।” 
अध्यक्ष राणाले संविधानमा नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु ठूलो गल्ती भएको उल्लेख गर्दै कांग्रेस, एमाले र माओवादीले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाएर ठूलो गल्ती गरेको आरोप लगाए ।  
मधेसमा दुईवटा प्रदेश हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै उनले सुनसरीको केही भाग र कैलाली कञ्चनपुरका केही भागलाई मधेसर्फको प्रदेशमा मिलाएर अहिलेको समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।  
अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र मधेसको पक्षमा पार्टीले खेलेको भूमिका र हिन्दू गणन्त्रको नारा लिएर राप्रपा गाउँ÷गाउँमा पस्ने बताए । रासस 
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  १३:४४
प्रतिक्रिया दिनुहोस्