site stats
बाह्रखरी :: Baahrakhari
देश
भाइको कुटाइबाट दाजुको ज्यान गयो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
पर्वत। उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । 
गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो । 
घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रका, पर्वतले जनाएको छ । 
उक्त घटनामा संलग्न बलबहादुरलाई जिप्रका, पर्वतले पक्राउ गरेको छ । शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । रासस 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १०:३६
प्रतिक्रिया दिनुहोस्