site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा. डा. केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि  उनलाई  डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा. डा. जगदीशप्रसाद अग्रवाल, प्रा. डा. केपी सिंह र प्रा. डा. ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा. सिंहलाई अाइतबार नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका केसीले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसकेका प्रा. डा. गाेविन्द केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए अाइतबार अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन् ।  केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए ।  त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।

रासससँग कुरा गर्दै डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए ।  “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ,” उनले भने ।  उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको  र सिफारिस भएकामध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १३:२९
प्रतिक्रिया दिनुहोस्