site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दमक ।  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन् । झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले  मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताए 

मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैं रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास उनले दिलाए । “संविधान कार्यान्वयन गर्न स्थानीय तहसँगै तीनवटै निर्वाचन गर्न लाग्नुपर्छ,” उनले भने । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेल, सांसद दीपक कार्की, नेकपा(माओवादी केन्द्र)का झलकसिंह दर्लामी लगायतले बोलेका थिए ।

रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १३:३९
प्रतिक्रिया दिनुहोस्