site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बन्दको असर कम हुँदै, देशभरबाट २४६ माओवादी कार्यक्रर्ता पक्राउ, दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल बन्द गराउँदै हिँड्ने माओवादीका २ सय ४६ जना कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा गरी दर्जनभन्दा बढी सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । 
प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लका अनुसार काठमाडौं उपत्यकाबाट भने १ सय ९१ जना पक्राउ परेका छन् । 
प्रवक्ता ठकुरीका अनुसार बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यक्रर्ताले धादिङ, सर्लाही, सुनसरी, दोलखा र सिन्धुलीमा गरी दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् । 
बन्दका नाममा तोडफोड गर्ने माओवादी कार्यक्रर्तालाई सार्वजनिक अपराधको मुद्दामा कारबाही हुन सक्ने चेतावनी प्रहरीले दिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:१९
प्रतिक्रिया दिनुहोस्