site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दैलेखमा लुकेको बाल प्रतिभा सुनिल वादी  (भिडियो सहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
सुर्खेतबाट दैलेखहुँदै जुम्ला पुग्ने कर्णाली राजमार्गमा सुर्खेतबाट करिब दुई घन्टाको मोटर बाटोमा पर्छ तल्लो ढुंगेश्वर । ढुंगेश्वर महादेवको मन्दिर भएको राजमार्गको सानो बजारमा बस्छन् नौ वर्षीय सुनिल वादी । वादी प्रायः बजार क्षेत्रमा नै आफ्ना साथीसंगीसँग खेल्न व्यस्त हुन्छन् । तर, कसैले गीत गाउन अनुरोध गरे तत्कालै गीत गाएर पनि सुनाउन उनी तयार भइहाल्छन् ।
यी बालकको स्वर सुन्ने सबै उनको गीतमा मुग्ध हुन्छन् र प्रतिभाको प्रशंसा गर्छन् । उनले घरमा रेडियोमा सुनेकामध्ये आफूलाई मनपर्ने केही गीत निकै मीठो स्वरमा गाएर सुनाउने गरेका छन् । 
सुनिललाई आफूले गाएको गीत कसले गाएको वा कुन चलचित्रको हो भन्ने पनि राम्रोसँग थाहा छैन । तर, उनलाई मन परेका गीतहरू जस्ताको तस्तै गाउने प्रयास गर्छन् । आफूलाई सुनिल भनेर चिनाउन चाहने उक्त बालक थर भन्न रुचाउँदैनन् । थर के हो भनेर सोध्दा चुप लागेर बस्ने सुनिलका एक साना साथीले बादी भनेर उत्तर दिए । अर्थात् बादी भन्ने जातिलाई समाजमा हेय भावले हेरिन्छ भन्ने पनि उनलाई परेको रहेछ । तर, प्रतिभालाइ कुनै जात, वर्ग, समूहजस्ता गलत सामाजिक विभेदले नरोक्ने उनका समवयी साथीले समेत बुझ्दै आएका छन्  ।
उनले बाह्रखरी संवाददाता सामेल रहेको टोलीलाई दुईवटा गीत गाएर सुनाए । सो टोलीका हरेक सदस्यले उक्त बालकलाई उसका प्रतिभा निखार्ने मौका दिइयो भने निकै सशक्त र मिठासयुक्त गायक बन्ने संभावना देखिएको टिप्पणी गरे । 
 
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १०:१०
प्रतिक्रिया दिनुहोस्