site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५  कल्याणपुरका तुलाराम भुषाल रहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज साँझ ६ बजेर ५० मिनेट जाँदा कल्याणपुरबाट भरतपुर तर्फ आई रहेको ना१५प ७७२ नम्बरको मोटरसाइकलले  पैदल यात्रीे ७१ बर्षका भुषाललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले जानकारी दिए । 

वृद्धको उपचारको क्रममा  पुरानो मेडिकल कलेज( कलेज अफ मेडिकल साइन्सेस)  ७ बजे मृत्यु भएको गुरुङ्गले बताए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  २१:२१
प्रतिक्रिया दिनुहोस्