site stats
बाह्रखरी :: Baahrakhari
देश
अनुसन्धानका लागि प्रहरीका दुई जिल्ला प्रमुख तानिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad


काठमाडौं ।विरगञ्ज र सप्तरीका दुई एसपीलाई नेपाल प्रहरीको मुख्यालय नक्साल छानविनको लागि बोलाएको छ ।

सप्तरीका एसपी अनुराग द्विवेदी र पर्सा एसपी गोविन्द साहलाई हेडक्वाटर बोलाइएको हो  । प्रहरी संगठनको नियमभन्दा बाहिर गएर केही गैह्र व्यवसायी काम गरेको उजुरी परेपछि छानविनको लागि बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएपी सर्वेन्द्र खनालले बताए ।

उनले भने “उहाँहरु विरुद्ध धेरै उजुरी भरेको छ के हो भनेर अनुसन्धानको लागी बोलाएका हौ ।” संगठनको विरुद्ध काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउन संगठनले छानविन समेत सुरु गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २०, २०७४  १८:२३
प्रतिक्रिया दिनुहोस्