site stats
बाह्रखरी :: Baahrakhari
देश
इटाली र जर्मनी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् । यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।

परराष्ट्रमन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औँ सम्मेलन’मा सहभागी हुन इटाली जान लागेकी हुन् । 

यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्