site stats
बाह्रखरी :: Baahrakhari
देश
अदालतको अवहेलना निवेदनमा विशेष अदालतमा दृष्टि मिडियाका अध्यक्षको बयान हुँदै
फाइल तस्बिर ।

काठमाडौं । प्रकाशित समाचारलाई लिएर परेको अदालतको अवहेलना निवेदनमा दृष्टि मिडियाका अध्यक्षसहितको बयान भइरहेको छ ।

बिहीबार विशेष अदालतका ६ जना न्यायाधीशको इजलासमा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भु श्रेष्ठसहितको बयान भइरहेको छ । बयानपछि थुनछेक बहस हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिचौलियाको सेटिङमा मुद्दाको फैसला भइरहेको दाबीसहित दृष्टि मिडियामा प्रकाशित समाचारलाई लिएर विशेष अदालतले ‘सुमोटो’ अवहेलना मुद्दा चलाएको थियो । अवहेलना निवेदन अदालतका कर्मचारी नवराज सापकोटाले तयार पारेका थिए ।

यसअघि, यस निवेदनमा बयान गर्ने आदेश भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्