site stats
बाह्रखरी :: Baahrakhari
देश
कोटेश्वरमा सितारामको माग, ट्राफिकका भान्सेदेखि प्रमुखसम्म महाशाखा तानिए  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरमा कार्यरत ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा ध्यान नदिएको गुनासो बढेपछि वृत्तमा कार्यरत सबै ट्राफिक प्रहरीलाई अनुसन्धानका लागि महानगरीय ट्राफिक महाशाखामा तानिएको छ । 
“सडक व्यवस्थापन गर्नु ट्राफिक प्रहरीको कर्तव्य हो, कोटेश्वरमा जाम घट्ला भन्दा झनै बढ्यो, हामीले केही समयदेखि नै निगरानी बढाएका थियौं, सर्वसाधारणको पनि गुनासो धेरै आयो । त्यहाँका कर्मचारीको काम चित्तबुझ्दो नभएपछि महाशाखा बोलाएका हौं,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले अनुुसन्धानका लागि कोटेश्वरमा कार्यरत २२ जना ट्राफिक प्रहरीलाई महाशाखामा तानेका छौं, उनीहरुका विरुद्धमा आएका गुनासो पनि हेर्छौं । गल्ती भेटिए कारवाही हुन्छ ।”
डीआईजी लामाले थपे, “कोटेश्वर मात्रै होइन, अन्य क्षेत्रका ट्राफिकमा पनि हामीले निगरानी बढाएका छौं ।”  कोटेश्वरमा कार्यालय सहयोगिदेखि भान्सामा काम गर्नेसमेत ट्राफिक कारवाहीका लागि तानिएको यो पहिलो घटना हो । 
ट्राफिक कन्ट्रोल १०३ मा कोटेश्वरमा जाम खुलेन भन्दै दैनिक सयौँ फोन आउने गरेको एक ट्राफिक प्रहरीले बताए ।   “ए हजुर जाम खुलेन, आधाघण्टा भैसक्यो भन्दै फोन आउन थाल्यो,” एक प्रहरीले बाह्रखरीसँगको कुराकानीमा भने, “अब कोटेश्वरको जाम खुलाउन सिताराम हाछेथु नै चाहिने भो भन्दै फोन आउने गरेको छ ।”
 

प्रकाशित मिति: बिहीबार, असार २२, २०७४  ०९:०९
प्रतिक्रिया दिनुहोस्