site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँकेको कोहलपुरमा श्रीमतीको हत्या गर्ने अपराधी टाउकोसहित प्रहरी चौकी आइपुगेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–४ का अहमद अस्पाल बेडुवाले सोमबार राति आफ्नी श्रीमती फुलसेन बेडुवाको हत्या गरी साइकलमा टाउको बोकेर इलाका प्रहरी कार्यालय कोलपुरमा आत्मसमर्पण गरेका हुन् ।
ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुरेश काफ्लेका अनुसार बेटुवाले गएराति ९ बजेतिर घरमा श्रीमतीको घाँटी रेटेर हत्या गरी साईकलमा टाउको लिएर प्रहरी कार्यालयमा आएका थिए । 
टाउको कपडाले बेरी साइकलमा बाँधेर प्रहरी कार्यालय पुगेका बेडुवाले ‘घरमा हैरान गरेपछि हत्या गरेँ’ भनेपछि प्रहरीसमेत आश्चर्यमा परेको थियो । 
मृतक फुलसेन अहमदकी जेठी श्रीमती हुन् । घरमा सधै झगडा गर्ने गरेका कारण गरेको अभियुक्तले प्रहरीलाई बताएका छन् ।
बाहखरीसँग कुरा गर्दै इलाका प्रहरी कार्यालयका डीएसपी काफ्लेले भने, “राति साढे ९ बजेतिर एक व्यक्ति साइकलमा आए, मैले घरमा श्रीमतीको हत्या गरेको छु, टाउको यतै ल्याएको छु हेर्नोस भन्दै रगताम्य टाउको देखाए, हामी आश्चर्यमा प¥यौँ । अभियुक्तलाई साथमा लैजाँदा घरमा शरीरको तल्लोभाग फेला प¥यो ।”
प्रहरी कार्यालयमा ल्याएको टाउको र शरीरको तल्लो भाग एकै ठाँउमा राखेर मुचुल्का बनाएको र प्रहरी नियन्त्रणमा रहेका बेडुवाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।  उनका अनुसार हत्या गरिएकी फुलसेनकी ५ महिनाकी छोरी छन्, भने बेडुवाकी कान्छी श्रीमतीबाट ३ बालबालिका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  ०९:५१
प्रतिक्रिया दिनुहोस्