site stats
बाह्रखरी :: Baahrakhari
देश
चिया बगानमा तीन किशोरीले आत्महत्या गरेको पुष्टि
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको चिया बगानस्थित रुखमा झुन्डिएको अवस्थामा मृत फेलापरेका तीन किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार पोस्टमार्टम रिपोर्टले आत्महत्या पुष्टि गरेको हो ।

उनले आत्महत्याको कारणबारे केही नखुलेको बताए । “पोस्टमार्टम भइसकेको छ । अनौपचारिक रूपमा बुझ्दा आत्महत्या नै देखियो । पोस्टमार्टमको औपचारिक पत्र आउन भने बाँकी छ,” उनले बाह्रखरीसित भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको शनिबार मध्याह्न करिब १२ बजे कचनकवल गाउँपालिका–५ का पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी घुम्न जाने भन्दै परिवारलाई जानकारी गराएर घरबाट निस्किएका थिए ।

आइतबार बिहान कचनकवल–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा बयरको रुखमा झुन्डिएको अवस्थामा तीनैजनाको शव फेलापरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्