site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङमा शुक्रबारदेखि बेपत्ता पराजुली मृत फेला
प्रतीकात्मक तस्बिर ।

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेलापरेका छन् ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाई किलोमिटर उत्तरतर्फको जंगलमा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मानसिक रूपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेलापरेको ताप्लेजुङ प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किएका पराजुली उक्त समयदेखि नै बेपत्ता भएका थिए । पिसाब फेर्न निस्किएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा, बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुका माथिल्लो फेदीस्थित होटेलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ गएका थिए । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्