site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी वकिलसमक्ष पूर्वगृहमन्त्री खाँणको छिट्टै बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज–भोलि नै प्रारम्भिक बयान लिने तयारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति दिएसँगै खाँणको छिट्टै बयान लिने तयारी गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अदालतले हिरासतमा राख्न अनुमति दिएको छ, अब आज–भोलि नै बयान लिने प्रक्रिया सुरु हुन्छ,” काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युत न्यौपानेले बताए ।

खाँणलाई मंगलबार बिहानै जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको थियो । जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्