site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने सरकारको घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ । यसका लागि बजेट पनि विनियोजन गरिएको छ ।

सोमबार संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरे ।

“निजगढ विमानस्थलको ईआइए अध्ययन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगाय पूर्वतयारीका कार्यहरूका लागि बजेट छुट्ट्याएको छु,” उनले भने, “लगानी मोडालिटी तयार गरी यस विमानस्थल निर्माण कार्यलाई चाँडै अघि बढाइनेछ ।”

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्