site stats
बाह्रखरी :: Baahrakhari
देश
नयाँ संसद् भवन निर्माणको गति बढाउन सभामुख घिमिरेको निर्देशन 

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् । 

बिहीबार सिंदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले भने, "निर्माणको गति निकै सुस्त भएको छ । यसले थप भार पर्न जाने हुँदा निर्माणको गति बढाउनुपर्ने हुन्छ ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निरीक्षणका क्रममा निर्माण पक्षले नयाँ संसद् भवनको ६३ प्रतिशत काम सकिएको जानकारी गराएको थियो ।

सभामुख घिमिरेले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको भन्दै निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिए । उनले संसद् भवन निर्माणका क्रममा केही समस्या देखिए संसद् सचिवालय र आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । 

उनले आफूले संसद् भवन निर्माणको कामलाई कार्ययोजनाकै रूपमा फलोअप गर्ने बताए ।

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा आठ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद् भवन निर्माण भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्