site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वामदेव गौतमलाई प्रश्न : अब एमालेमै फर्किनुहुन्छ ?

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरे आफू उक्त पार्टीमा जान तयार भएको बताएका छन् ।

७० वर्षे विधानको प्रावधान निलम्बन गरेपछि एमाले फर्कनुहुन्छ ? भन्ने बाह्रखरीको प्रश्नमा उनले एमालेको निर्णय कहिलेसम्मका लागि हो भन्ने प्रष्ट नभएको बताए ।

“एमालेले कति दिनको निलम्बन हो कि महिनाको निलम्बन हो कि, विधान महाधिवेशनसम्मको लागि हो भन्ने केही प्रष्ट छैन,” उनले भने, “मुकुन्द न्यौपानलाई केन्द्रीय सदस्य बनाउन मात्रै निलम्बन फुकुवा गरेको भन्ने सुनेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूलाई पनि एमालेमा भित्र्याउन निर्णय भएको भए स्वीकार गर्ने उनको भनाइ छ ।

“तपाईंका लागि निलम्बन फुकुवा भयो भनेर मलाई एमाले नेताले फोन गर्नुभएको छैन । निलम्बन फुकवा भयो आउनुस् भनेर प्रस्ताव गर्नुभयो भने जाने नि !,” उनले बाह्रखरीसँग भने ।

निलम्बन फुकुवा नभए आफू एमालेमा नजाने बताए । त्यस्तै ७० वर्षे हद पुगेपछि पनि अघिल्ला पुस्ताका नेतालाई राख्नु हुँदैन भन्ने मान्यता भेदभावपूर्ण रहेको गौतमको भनाइ छ ।

“जसले यो पार्टी निर्माणमा जीवन समर्पित गरेको छ । उसलाई ७० वर्ष भएपछि बस्न नपाउने भनेपछि उसको काम के हुन्छ ?,” उनको प्रश्न छ, “सम्पति कमाउन लागने, पूर्णकालीन भएर बसेको, जेल नेल भोगेर बसेको व्यक्तिको जव त्यसपछि के हुन्छ ? भन्ने विषय आउँछ । संविधानमा शारिरिक भेदभाव गर्न पाउनेछैन भनिएको छ ।  भेदवाद गरे दण्डनीय हुन्छ भनेको छ ।  उमेदहर पनि त्यस्तै हो । त्यो त्रुटीपूर्ण छ , ७० वर्षे हटाउनैपर्छ ।”

आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले भने आफूलाई पार्टीमा आउन आग्रह गरेको गौतमले सुनाए ।तत्कालीन नेकपा विवादका बेला एकता अभियान चलाएका गौतम एमालेबाट राजीनामा दिएपछि पनि कम्युनिष्ट पार्टीको एकता अभियानमा नै छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्